+
फिफा विश्वकप २०२६ :

पहिला हाफमा इंग्ल्यान्ड चार गोलले अघि

२०८३ साउन  ३ गते ३:३६ २०८३ साउन ३ गते ३:३६

मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको पहिलो हाफमा फ्रान्समाथि हाबी हुँदै इंग्ल्यान्डले चार गोल गरेको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलमा इंग्ल्यान्डले फ्रान्सविरुद्ध पहिलो हाफमै चार गोलको अग्रता लिएको छ ।
  • खेलको तेस्रो मिनेटमा डेक्लान राइसले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका हुन् ।
  • बुकायो शाकाले दुई तथा एन्जी कोन्शाले एक गोल थपेपछि इंग्ल्यान्ड पहिलो हाफमा चार शून्यले अघि रहेको छ ।

३ साउन, काठमाडौं । फिफा विश्वकप २०२६ को तेस्रो स्थानको खेलको पहिलो हाफमा इंग्ल्यान्ड चार गोलले अघि छ ।

मियामी स्टेडियममा तेस्रो स्थानको लागि जारी खेलको पहिलो हाफमा फ्रान्समाथि हाबी हुँदै इंग्ल्यान्डले चार गोल गरेको हो ।

पहिलो हाफमा बुकायो शाकाले दुई, डेक्लान राइस र एन्जी कोन्शाले एकएक गोल गरे । खेलको तेस्रो मिनेटमा राइसले गोल गर्दै सुरुवातमै अग्रता लिएको इंग्ल्यान्डले त्यसपछि लगातार गोल गर्‍यो ।

१८औं मिनेटमा कोन्शाले हेडरमार्फत गोल गर्दै इंग्ल्यान्डलाई दुई गोलको अग्रता दिलाए । त्यसपछि शाकाले ३७औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमै चार गोलको अग्रता दिलाए ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय