+
+
Shares

बाढीपहिरोले बीपी राजमार्ग र कान्ति लोकपथ बन्द

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते ६:५८

३ साउन, काठमाडौं । बाढीपहिरोका कारण बीपी राजमार्ग र कान्तिलोकपथ बन्द भएको छ ।

कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ पाङदुरमा पहिरो खस्दा सवारी आवागमन रोकिएको छ । प्रहरीका अनुसार चापागाउँ हुँदै हेटौंडातर्फ जाने बाटो बन्द छ ।

यस्तै बीपी राजमार्गमा पर्ने काभ्रेको रोशी गाउँपालिकाका वडा नम्बर ७, ८ र ९ का विभिन्न स्थानमा पहिरो खस्दा र रोशी खोलामा पानीको बहाव बढ्दा सवारी आवागमन पूर्णरुपमा रोकिएको छ । जोखिमका कारण काभ्रे हुँदै सिन्धुलीतर्फ जाने बाटोमा प्रहरीले सवारी साधनहरुलाई होल्ड गरेको छ ।

अरनिको राजमार्गमा पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा पहिरो जाँदा र भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा सडक भासिदा सवारी आवागमन प्रभावित भएको छ ।

पृथ्वी राजमार्गमा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा गएराति खसेको पहिरो भने हटाइएकाले दुईतर्फी नै सवारी साधन चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

नारायणगढ–मुग्लिन र मुग्लिन–काठमाडौं सडकखण्डमा यो समाचार तयार पार्दासम्म कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।

अपडेट : पहिरो पन्छाएपछि खुल्यो बीपी राजमार्ग

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?