+
+
Shares

मुग्लिन-नारायणगढ सडकखण्डको जलबीरेमा २ बस ठोक्किए, सडक अवरुद्ध

जलबीरे नजिकै दुईवटा बस ठक्कर खाँदा सडक अवरुद्ध बनेको छ । दुर्घटनामा केही यात्रु घाइते भएका छन्, संख्या भने खुलेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते ७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको मुग्लिन-नारायणगढ सडकखण्डको जलबीरे नजिकै दुईवटा बस आपसमा ठोक्किँदा सडक पूर्णरूपमा अवरुद्ध बनेको छ।
  • दुर्घटनामा केही यात्रु घाइते भएका छन् भने सडक डिभिजन कार्यालय चितवनले ठोक्किएका बसहरू हटाउने कार्य भइरहेको जनाएको छ।
  • जिल्ला प्रशासन कार्यालयले लेन अनुशासन कायम राख्दै सीमित गतिमा सवारीसाधन चलाउन चालकहरूलाई आग्रह गरेको छ।

३ साउन, चितवन । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिकै दुईवटा बस ठक्कर खाँदा सडक अवरुद्ध बनेको छ ।

सडक डिभिजन कार्यालय चितवनका अनुसार ठोक्किएका बसहरुलाई हटाउने काम भैरहेको छ। दुर्घटनामा केही यात्रु घाइते भएका छन् । संख्या भने खुलेको छैन ।

प्रहरीका अनुसार दाङबाट काठमाडौं आउँदै गरेको लु.प्र.०२-००१ ख ०५०५ र नारायणगढबाट काठमाडौं जाँदै गरेको बा. प्र. ०३ ००१ ख १६७१ नम्बरको बस ठोक्किएका हुन् । अर्को काठमाडौंबा नारायणगढतर्फ आउँदै गरेको गाडीको नम्बर खुलेको छैन ।

ठोक्किएको निलो रङको बस नारायणगढबाट काठमाडौं जाँदै थियो भने राजधानी एक्सप्रेस नारायणगढतर्फ आउँदै थियो । दुर्घटनामा नारायणगढ आउँदै गरेको राजधानी एक्स्प्रेस बसका चालक गम्भीर घाइते भएका छन् ।

अपडेट : नारायणगढ–मुग्लिन सडकखण्डमा चल्न थाले गाडी

वर्षा र पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि बन्द गराएको सो सडकखण्ड बिहान ६ बजे खुलेको थियो ।

सडक खुला भएलगत्तै सवारी साधनहरुले लेन अनुसार मिच्दा दुर्घटना तथा लामोसम्म जाम हुने गरेको छ । सडक डिभिजन कार्यालयले सीमित गतिमा लेन अनुशासनमा रही सवारीसाधन चलाउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?