+
+
Shares

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ६ गते १०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।
  • बा.२ ख ६४३८ नम्बरको बस असार ६ गते बिहान ९ बजे सडकबाट करिब २५ मिटर तल खसेको हो ।
  • घाइतेहरूलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाएका छन् ।

६ असार, उदयपुर । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।

बा.२ ख ६४३८ नम्बरको बस आज बिहान ९ बजे उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो। बस सडकबाट करिब २५ मिटर तल खसेको ट्राफिक प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीले दुर्घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको बताएको छ।

-अभिमन्यु लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?