+
+
Shares

काभ्रे बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो

बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको सख्या ८ पुगेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १६:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।
  • दुर्घटनामा ज्यान गुमाउनेमा ४ पुरुष र ४ महिला रहेका छन् भने उनीहरूको सनाखत हुन बाँकी छ ।
  • दुर्घटनाका १७ जना घाइतेहरूलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

२९ जेठ, काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको सख्या ८ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार बसले थिचिएको अवस्थामा  थप एक जनाको शव फेला परेको हो । यो शव फेला परेसँगै बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

डीएसपी बिष्टका अनुसार मृत्यु हुनेमा ४ पुरुष र ४ महिला रहेका छन् । उनीहरू कसैको पनि पहिचान हुन सकेको छैन ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।दुर्घटनामा परी १७ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी धुलिखेल अस्पताल पठाइएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?