News Summary
Generated by OK AI. Editorially reviewed.- कपिलवस्तुको बरइपुरमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।
- घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
१२ जेठ, बुटवल । कपिलवस्तुको बरइपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।
महाराजगंज नगरपालिका-४ बरइपुरस्थित तौलिहवा-बहादुरगंज हुलाकी सडकखण्डमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १२६६ नं को बस बिहान सवा ३ बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम, र अन्य १७ जना सामान्य रहेको र अन्य सकुशल सबै घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको कपिलवस्तु प्रहरी प्रमुख एसपी मनोहर भट्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4