+
+
Shares

झापामा कलेज बस दुर्घटना, चार जना घाइते   

रासस रासस
२०८३ वैशाख २३ गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक कलेज बस दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
  • दुर्घटनामा परेका घाइतेहरूलाई विर्तासिटी अस्पताल, विर्तामोडमा उपचार भइरहेको छ।
  • बस चालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

२३ वैशाख, झापा । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक भित्री सडकमा आज कलेज बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

ब्याङडाँडाबाट विर्तामोडतर्फ जाँदै गरेको बिर्तामोड नगरपालिका–१ मा रहेको इको होम कलेजको प्रदेश १–०१–००१ क १३१४ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार बसमा चालकसहित पाँच जना सवार थिए । घाइते हुनेमा बुद्धशान्ति गाउँपालिका–४ का २४ वर्षीय सहचालक प्रकाश सिल्वाल, शिवसताक्षी नगरपालिका–८ का १८ वर्षीय इसान पक्वाल, सोही स्थानका १८ वर्षीय स्वभाग्य राई र १७ वर्षीय निसब भेटवाल रहेका छन् ।

उनीहरूको विर्तासिटी अस्पताल, विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?