१६ फागुन, रोल्पा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी सभाबाट फर्कंदै गरेको बस दुर्घटनामा परेको छ ।
शनिबार रोल्पाको लिबाङमा आयोजित चुनावी सभामा सहभागी भइ फर्कने क्रममा ना ५ ख १२३१ नम्बरको गाडी सुनिल स्मृति गाउँपालिका–३ मिझिङ उपल्लो थर, धन्डी पोखरा क्षेत्रमा दुर्घटनामा परेको हो ।
बस ब्रेकफेल भइ अनियन्त्रित हुँदा भित्तामा ठोकिँन गइ दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
‘घाइतेको अवस्था बुझ्न म अहिले हस्पिटलमा पुग्दै छु,’ उनले भने ।
घाइते सबैलाई तत्काल उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका लागि लगिएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4