News Summary
Generated by OK AI. Editorially reviewed.- सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ मा जन्ती बोकेको गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
- मृत्यु हुनेहरुमा मनबहादुर थापा, टोपबहादुर थापा, ठगे घर्ती र कर्णबहादुर पुन रहेका छन्।
- बसमा १८ जना सवार थिए, १४ जना घाइते भएका छन् । उनीहरुलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
६ वैशाख, काठमाडौं । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । मृतक सबै बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ का हुन् ।
पछिल्लोपटक ३० वर्षीय मनबहादुर थापाको सल्यानको मेहलकुनामा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर देवराज भट्टराईले जानकारी दिए ।
यसअघि बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ कै ५० वर्षीय टोपबहादुर थापा, ५० वर्षकै ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुनको मृत्यु भएको थियो ।
कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ दुर्घटना भएको थियो ।
उद्धारमा खटिएका वडानम्बर ८ का वडाध्यक्ष कुलबहादुर पुरीका अनुसार जिपमा १८ जना सवार थिए । तीमध्ये १४ जना घाइते छन् । उनीहरुलाई उद्धार गरे सुर्खेतको मेहेलकुना अस्पताल पठाइएको थियो ।
८ जनाको नर्सिङ होममा, दुई जनाको न्युरो अस्पतालमा र अन्यलाई उपचारका लागि बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घाइतेहरु :
१. बनगाड कुपिण्डे–८ का वर्ष ६४ का अम्मरसिंह कँवर (गम्भीर)
२. ऐ.ऐ. बस्ने वर्ष २७ को डम्मर घर्ती (गम्भीर)
३. ऐ.ऐ. बस्ने वर्ष ३० का जनक थापा (गम्भीर)
४. ऐ.ऐ. बस्ने वर्ष ४९ को भुपेन्द्र कँवर (गम्भीर)
५. ऐ.ऐ. बस्ने वर्ष ३० का भुलबहादुर थापा (गम्भीर)
६. ऐ.ऐ. बस्ने वर्ष ५६ का जुगसिहं पुन (गम्भीर)
७. ऐ.ऐ. बस्ने वर्ष ३८ का अम्मर पुन (मध्यम)
८. ऐ.ऐ. बस्ने वर्ष २८ का नरसिङ थापा (मध्यम)
९. ऐ.ऐ. बस्ने वर्ष २५ का प्रेमबहादुर घर्ती (मध्यम)
१०. ऐ.ऐ. बस्ने वर्ष २५ का नरबहादुर थापा (मध्यम)
११. ऐ.ऐ. बस्ने वर्ष ३८ का कर्ण बहादुर थापा (मध्यम)
१२. ऐ.ऐ. बस्ने वर्ष ४५ का लाल ब. घर्ती (मध्यम)
१३. ऐ.ऐ. बस्ने वर्ष १५ का तिलक थापा (मध्यम)
१४. ऐ.ऐ. बस्ने चालक वर्ष ३८ का कुलबहादुर राना (गम्भीर)
स्रोत : जिल्ला प्रहरी कार्यालय सल्यान
प्रतिक्रिया 4