+
+
Shares

दक्षिणी लेबनानमा भएको इजरायली आक्रमण, तीन जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिणी लेबनानको देइर किफा सहरमा भएको इजरायली हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको छ।
  • इजरायली ड्रोनले इस्लामिक स्वास्थ्य संस्थामा आक्रमण गर्दा तीन जना चिकित्सक घाइते भएका छन्।
  • हेजबुल्लाहले वादी अल–जमाल क्षेत्रमा इजरायली सेनाविरुद्ध जवाफी आक्रमणको घोषणा गरेको छ।

दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको लेबनानका मिडियाहरूले जनाएका छन् ।

बिन्ट जेबिल जिल्लाको देइर किफा सहरमा भएको इजरायली हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको तथा अर्को एक जना घाइते भएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

यसै गरी इजरायली ड्रोनले देइर किफाको इस्लामिक स्वास्थ्य सस्थामा गरेको आक्रमणमा घाइते भएका तीन जना चिकित्सकहरूलाई उपचारका लागि अस्पतालमा लगिएको जनाइएको छ । नबातीह जिल्लाको आदचित सहरमा भएको अर्को छुट्टै आक्रमणमा एक जनाको मृत्यु भएको जनाइएको छ ।

यसैबीच, हेजबुल्लाहले वादी अल–जमाल क्षेत्रमा सैन्य आक्रमण सहित इजरायली सेनाहरू विरुद्ध जवाफी आक्रमणको घोषणा गरेको छ ।

इजरायल र लेबनानबिच अप्रिल – १६ देखि लागु भएको को युद्धविरामको बावजुद यो झडप भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?