News Summary
Generated by OK AI. Editorially reviewed.- लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा दुई बालबालिकासहित १४ जनाको मृत्यु भएको र ३७ जना घाइते भएको जनाएको छ।
- गत बिहीबार दुई देशबीचको युद्धविराम तीन हप्ताका लागि बढाइएको बेला यो आक्रमण भएको हो।
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आईडीएफ सक्रिय र जोशका साथ काम गरिरहेको र हिजबुल्लाहलाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाए।
काठमाडौं । लेबनानको स्वास्थ्य मन्त्रालयले आइतबार इजरायली आक्रमणमा दुई बालबालिकासहित १४ जनाको मृत्यु भएको र अन्य ३७ जना घाइते भएको जनाएको छ ।
गत बिहीबार दुई देशबीचको युद्धविराम तीन हप्ताका लागि बढाइएको बेला यो आक्रमण भएको हो।
सम्झौता अनुसार इजरायललाई जुनसुकै बेला आफ्नो सुरक्षाका लागि आवश्यक कदम चाल्ने अधिकार छ ।
आक्रमण हुनुभन्दा पहिले इजरायल रक्षा बल (आईडीएफ) का प्रवक्ताले दक्षिणी लेबनानका धेरै गाउँहरूमा बासिन्दाहरूलाई तुरुन्तै छोड्न चेतावनी दिएका थिए ।
त्यहाँ रहँदा जीवनको खतरा हुने भन्दै गाउँछाड्न भनिएको थियो
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आईडीएफ सक्रिय र जोशका साथ काम गरिरहेको बताए । उनले हिजबुल्लाहलाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4