+
+
Shares

रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पाको माडी गाउँपालिका-२ खोलवाङमा सोमबार बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।
  • थवाङबाट घोराहीतर्फ गुडेको रा.१ ख. ३१०१ नम्बरको बस ब्रेक फेल भई सडकमा पल्टिएको हो ।
  • सामान्य घाइते भएका यात्रुहरूको घर्तीगाउँस्थित स्मृति अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

८ असार, काठमाडौं । रोल्पाको माडी गाउँपालिका-२ खोलवाङस्थित घोराही-थवाङ शहीद मार्गमा सोमबार यात्रुबहाक बस दुर्घटनामा परेको छ ।

थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख. ३१०१ नम्बरको बस उकालोमा अचानक ब्रेक फेल भई सडकमा पल्टिँदा १२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बसमा चालकसहित २९ जना सवार रहेका थिए ।

दुर्घटनामा सामान्य घाइते भएका १२ जनाको उद्धार गरी उपचारका लागि माडी गाउँपालिका-२ घर्तीगाउँस्थित स्मृति अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

बस चालक रोल्पाको थवाङ गाउँपालिका-३ मिरुलका अन्दाजी ३२ वर्षीय सन्तोष कामी रहेका छन् ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?