+
+
Shares

‘मोडल हन्ट २०२६’ को विजेता बने परन्तप र लिजा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २५ गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परन्तप भण्डारी र लिजा श्रेष्ठले 'मोडल हन्ट नेपाल २०२६'को शीर्ष उपाधि जितेका छन् ।
  • विजेता दुवैले नगद ५ लाख बराबरको पुरस्कार र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।
  • आयोजक संस्थाका अध्यक्ष रवि धमलाले यस प्रतियोगिताले मोडलिङ क्षेत्रमा नयाँ अवसर र प्लेटफर्म सृजना गरेको बताए ।

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र लिजा श्रेष्ठले जितेका छन् । भण्डारी पुरुष र श्रेष्ठ महिलातर्फ शीर्ष विजेता घोषित भए ।

दुवै विजेताले नगद ५ लाख बराबरको पुरस्कार जिते । विजेताहरूले डिसेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिस्टर सेलिब्रेटी इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।

यसबाहेक भण्डारीले बेस्ट वाक, बेस्ट फिजिक्स र बेस्ट फिगरसहित ३ र श्रेष्ठले कमर्सियल मोडलको सहविधा पनि जिते ।

पुरुषतर्फ पहिलो उपविजेता अनुस्कृत न्यौपाने, द्धितीय उपविजेता सुशान्त प्रजापति चुनिँदा महिलातर्फ प्रथम उपविजेता प्रियंका ओली र द्धितीय उपविजेता खुसी बोहरा घोषित भए ।

निर्णायकमा माल्भिका सुब्बा, प्रशान्त ताम्राकार, राजभाई सुवाल, हिमाञ्चलराज केसी, विनय जोशी, रमिला नेमकुल, मनीष राई थिए । प्रतियोगीताको यो १० औं सिजन हो ।

प्रतियोगिताले मोडलिङ गर्न चाहनेका लागि उचित अवसर र प्लेटर्फको सृजना गरेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?