वासुदेव मरहठ्ठा
आज लक्ष्मी जयन्ती । महाकवि देवकोटा एक साहसिक, स्वतन्त्रताप्रेमी र मनवतावादी कविका रुपमा सम्झन मन लाग्छ । लक्ष्मीपूजाकै दिन जन्मे पनि जीवनभर अभाव भोग्नुपरेका देवकोटा जीवनको एक कालखण्डमा ३ महिनाका मन्त्री पनि भए । तर, मर्नु अघिल्लो दिन शान्त भवन अस्पतालको सैयामा आफ्नी श्रीमतीतिर पुलुक्क हेर्दै भनेछन्, ” बज्यै अब तिमीसँग कति पैसा बाँकी छ ?”
श्रीमती मनदेवीले केही बोल्न सकिनन् ।
देवकोटाले भनेछन्,” मलाई दुई रुपैयाँको पोटासियम साइनाइड किनेर ल्याइदेउ, अब म दुई दिन मात्र पनि बचेँ भने तिमीसँग मेरो कृया गर्ने खर्च पनि बाँकी हुँदैन। “
कस्तो अचम्म । राम्रो उपचार नपाएर ५० बर्षमै मर्नुपर्ने उनी पनि मन्त्री अनि रुघा मात्रै लाग्दा समेत बिदेशमा उपचार गराउने अहिलेका पनि मन्त्री।
महाकविको जस्तै अवस्थामा धेरै अंग्रेज कविहरुले आत्महत्या गरेका छन्। चिसो छिँडी ,बालबालिकाहरु रोइरहेका छन्, खान दिने केही चिज छैन । २० औं सताब्दी कि अमेरिकी साहित्यकार सिल्भिया प्लाथले आत्महत्या गरेको दिन हो यो। २० औं सताब्दिकै अर्की लेखक भर्जिनिया उल्फ ले गोजी भरी ढुंगा हालेर पानिमा डुबेर आत्महत्या गरिन्र गरीबीका कारण।
सन् १९५४ मा नोबेल पुरस्कारबाट सम्मानित लेखक अर्नेस्ट हामीङ्वेले सन १९६१ मा आफ्नैमुखमा गोली हानेर आत्महत्या गरे । तर, देवकोटाले संकटलाई सिर्जनामा बदले।
त्रिचन्द्रमा आइएस्सी सकेर ब्याचलर इन ल पढ्न पटना बस्दा उनको एक युवतीसँग प्रेम भयो । जव ती युवतीको विवाह भयो, उनले एक रातमा लेखे ” कुन्जिनी” ।
नेपाली साहित्यकै पहिलो महाकाब्य “मुनामदन” लेखेर उनले उनले गर्व लाग्दो योगदान दिएका छन्। विद्यार्थी कालमा सधैं कम बोल्ने, अनुशासित र अब्बल दर्जाका उनी 27बर्षकै उमेरमा चुरोट पिउन सुरु गरे जानकारहरु भन्छन् । जब उनले चुरोट पिउन सुरु गरे । उनी चेन स्मोकर बने। ठमेलदेखि डिल्लीबजारसम्म उनी चुरोट सल्काउँदै पुग्थे रे।
भारत बसाइमा अंग्रेजीको राम्रो अध्ययन गरेका देबकोटा र उनका एक साथीले पत्रमार्फत राणा प्रधान मन्त्रीलाई काठमान्डौ मा एउटा पुस्तकालय खोल्न अनुरोध गरेछन् । पछि उनी जेलसम्म पुगे। यसैको आक्रोशमा उनले बनारसमा गएर राणा बिरोधी पत्रिका सुरु गरे “युगवाणी ” अनि त्यतिबेला नै नेपालको गरीबीलाई लिएर लेखिएको “पहाडी पुकार” त्यतिबेला निशेध गरिएको कृति हो।
पछि राणाहरुकै अनुरोधमा सन १९४६ देखि उनले त्रिचन्द्रमा प्राध्यापन सुरु गरे। बहुआयामिक देवकोटालाई कहिले पागल भनियो अझ उनको “यात्री” कवितापछि धेरैले उनलाई नास्तिक भने तैपनि जीवनको उत्तरार्धमा उनले अस्पतालको सैयामा गाएको ” प्रलय निद्रामा सुतिरहेछु, मेरो ब्रह्मान्ड जल्यो, आउन खोज्ने प्रभुको पदमा मेरो आत्मासम्म गल्यो” यसले उनलाई आस्तिक बनायो। तर, समग्रमा देवकोटा मानवतावादी कवि भएको कुरा उनको भिखारी कविताको अंशले पनि पुष्टि गर्छ।