+
+
Shares

बाढीमा हराएकाहरू खोज्दै अस्पतालमा आफन्त (तस्वीरहरू)

उनीहरू आफ्ना मान्छे भेटिने आशामा छन्।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ भदौ ११ गते २०:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजीमा परिवारका सदस्यहरू काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा आफन्तको खोजी गरिरहेका छन्।
  • अस्पतालमा केहीले आफन्तको तस्वीरसहित हराएको सूचना भित्तामा टाँसेका छन् भने केहीले सरकारी तथ्यांकमा नाम खोजिरहेका छन्।
  • रसुवा, नुवाकोटलगायत क्षेत्रबाट उद्धार गरिएका ठूलो संख्याका घाइते त्रिवि शिक्षण अस्पतालमा ल्याइएका छन्।

११ काठमाडौँ । रसुवा बाढीमा परेर बेपत्ता भएकाहरूको खोजीमा परिवारका सदस्यहरू लागिरहेका छन्। परिवारका सदस्य नभेटेकाहरूको अहिले काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आफन्तहरूको भिड लागेको छ।

उनीहरूले केहीले आफ्ना आफन्तको तस्वीरसहित हराएको सूचना भनेर भित्तामा टाँसेका छन् भने केहीले सरकारी तथ्यांकमा आफ्ना मान्छेको नाम भेटिन्छ कि भनेर खोजी रहेका छन्।

उनीहरू आफ्ना मान्छे भेटिने आशामा छन्। रसुवा, नुवाकोटलगायत क्षेत्रबाट उद्धार गरेर त्रिवि शिक्षण अस्पतालमा ठूलो संख्यामा घाइतेहरूलाई ल्याइएको छ।

अस्पतालमा अहिले उद्धार गरेर ल्याइएका भन्दा धेरै आफन्तको खोजीमा रहेकाहरुको भीड लागेको छ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?