+
+
Shares

तिलगंगा आँखा प्रतिष्ठानको घोषणा- राहत कोषमा १ करोड, प्रभावितको निःशुल्क उपचार

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १९:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिलगंगा आँखा प्रतिष्ठानले रसुवा बाढी प्रभावितको उद्धार र राहतका लागि १ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ ।
  • प्रतिष्ठानका कर्मचारीहरूले एक दिनको तलब पनि उक्त कोषमा जम्मा गर्ने भएका छन् ।
  • प्रतिष्ठानले प्रभावित क्षेत्रका घाइते र बिरामीको आँखा सम्बन्धी निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

१२ भदौ, काठमाडौं । रसुवा बाढीबाट प्रभावित जनताको उद्धार तथा राहतका लागि तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ र कर्मचारीहरूबाट एक दिनको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ ।

साथै, प्रभावित क्षेत्रका घाइते र बिरामीहरूको आँखा सम्बन्धी निःशुल्क उपचार गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ । प्रतिष्ठानअन्तर्गत रसुवा, नुवाकोट र धादिङमा कार्यरत कर्मचारीहरूलाई ग्रामीण आँखा केन्द्र समेतको सहयोग लिई एक टोली बनाई जिल्ला दैवी प्रकोप समन्वय समितिसँगको समन्वयमा बाढी प्रभावित क्षेत्रका समुदायको आवश्यकताअनुसार आँखा परीक्षण र उपचारमा परिचालन गरेको जानकारी पनि जानकारी दिइएको छ ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान परिवारले आर्जन गरेको रकम तथा देशभित्र र बाहिर रहेका शुभेच्छुक, सहयोगी मित्रहरूमार्फत प्राप्त रकमबाट नेपाल सरकारको राहत, उद्धार र पुनस्र्थापनामा सहयोग पुग्ने अपेक्षासहित रकम प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

भविष्यमा शुभेच्छुकहरूमार्फत थप सहयोग संकलन भएमा सो रकम पनि सरकारलाई उपलब्ध गराउने प्रतिष्ठानले जनाएको छ । पुनर्निर्माणको यात्रामा पनि तिलगंगा आँखा प्रतिष्ठानले साथ दिने  प्रतिबद्धता व्यक्त गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?