+
+
Shares

कांग्रेस संस्थापन इतर समूहको १५ औं महाधिवेशन तयारी समितिले बैठक बोलायो

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको समितिले १७ भदौका लागि बैठक बोलाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते १७:२८

१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ले बैठक बोलाएको छ ।

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको समितिले १७ भदौका लागि बैठक बोलाएको हो ।

बैठकका लागि १५ औं महाधिवेशन तयारी, समसामयिक विषय र विविध गरी तीन वटा एजेन्टा तय गरिएको सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलले जानकारी दिए ।

उनका अनुसार बैठक १७ भदौ दिउँसो १ बजे चुनदेवीस्थित संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा बस्ने छ ।

बैठकका लागि १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्य र आमन्त्रित सदस्यहरूलाई आमन्त्रण गरिएको कुइकेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?