+
+
Shares

डोटीको सायल गाउँपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते १६:१३

१३ भदौं, डोटी । डोटीको सायल गाउँपालिकाले रसुवा बाढीपीडितका लागि आह्वान भएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

गाउँपालिका अध्यक्ष धर्मराज जोशीले बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउन शनिबार आर्थिक सहयोग गर्ने निर्णय भएको बताए ।

यस्तै, रसुवा बाढीमा परेर बेपत्ता रहेका डोटीका दुई जनाको परिवारलाई खोजीकार्यमा जानका लागि सहयोग गर्ने निर्णय भएको पनि अध्यक्ष जोशीले बताए ।

उनका अनुसार बेपत्ता रहेका डोटी शिखर नगरपालिका–४ का दीपक महरा र दिपालय सिलगढी नगरपालिका– ७ का किर्तसिंह विष्टका परिवारलाई खोजी कार्यका लागि १०–१० हजार उपलब्ध गराउने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?