+
+
Shares

कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँचीसँगै धादिङ र गोरखाको सीमा क्षेत्रमा धेरै भारी वर्षा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते ७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पछिल्लो २४ घण्टामा कञ्चनपुरमा १४१ मिलिमिटर, धादिङ–गोरखा सीमामा १२४.४ मिलिमिटर, सिन्धुपाल्चोकमा १२३.२ मिलिमिटर र अर्घाखाँचीमा ११५.२ मिलिमिटर वर्षा भएको छ।
  • कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँची, धादिङ र गोरखाका केही ठाउँमा धेरै भारी वर्षा हुँदा नदी तथा खोलामा बाढीको जोखिम बढेको विभागले जनाएको छ।
  • कञ्चनपुर र अर्घाखाँचीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सचेत गराइएको छ।

१४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा कञ्चनपुर, सिन्धुपाल्चोक, अर्घाखाँची जिल्लाका केही ठाउँका साथै धादिङ र गोरखाको सीमा क्षेत्रमा धेरै भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो अवधिमा कञ्चनपुरमा सबैभन्दा धेरै १४१ मिलिमिटर वर्षा भएको छ । २४ घण्टामा १०० मिलिमिटरदेखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ । कञ्चनपुरमा शनिबारदेखि बिहानसम्म वर्षा भइरहेको छ ।

यस्तै, धादिङ र गोरखाको सीमा क्षेत्रमा पनि धेरै भारी वर्षा भएको छ । आरुघाटको स्टेशनमा १२४.४ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ।

सोहो अवधिमा सिन्धुपोल्चोकमा १२३.२ र अर्घाखाँची ११५.२ मिलिमिटर वर्षा भएको । पछिल्ला केही दिन सिन्धुपाल्चोकमा निरन्तर मध्यमदेखि धेरै भारी वर्षा भइरहेको छ ।

पछिल्लो २४ घण्टामा लुम्बिनीकाे केही जिल्लाका साथै गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भएको छ । अन्य ठाउँमा मध्यमदेखि सामान्य वर्षा मापन भएको विभागको तथ्यांकमा उल्लेख छ । बिहान भने यी क्षेत्रमा वर्षा कम हुँदै गएको छ ।

मौसम विज्ञानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्म धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा भएको मानिन्छ ।

पछिल्ला २४ घण्टामा धेरै वर्षा भएका जिल्लामा रहेका नदी तथा खोलामा बाढीको जोखिम पनि बढेको छ । कञ्चनपुर र अर्घाखाँचीका नदी तथा खोलामा बाढीको जोखिम रहेको विभागले जनाएको छ । ती क्षेत्रका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सचेत गराइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?