+
+
Shares

त्रिशूलीमा जलसतह खतराको तहभन्दा ३ मिटर माथि, नारायणीको तटीय क्षेत्रमा पनि जोखिम

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते ७:२७

१४ भदौ, काठमाडौं । पछिल्लो भारी वर्षाका कारण केही नदीमा जलसतहले खतराको तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा ३ मिटर बढेको छ ।

रसुवाको भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशुली नदीमा जलसतह बढेको हो । साथै गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएको नारायणी नदी र यसका सहायक नदीमा जलसतह बढ्ने भएकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

यस्तै, सुनकोशी नदी खुर्कोट सिन्धुली जलमापनन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ । यहाँ पनि नदी तटीय क्षेत्रका बासिन्दाहरु सतर्क रहन अनुरोध गरिएको छ ।

पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा धेरै भारी वर्षा मापन भएको थियो । त्यसैले यसभन्दा तलका नदीहरूमा जलसतह बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?