+
+
Shares

कञ्चनपुर प्रवेश गरेका भारती प्रहरीलाई स्थानीयले नियन्त्रणमा लिए, कर्नाटक फर्काइयो 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते ८:२५

१४ भदौ, धनगढी ।  नेपाली नागरिकलाई पक्राउ गर्न भन्दै कञ्चनपुरमा आएका भारतीय प्रहरीलाई फर्काइएको छ ।

शनिबार दिउँसो कर्नाटकबाट बलात्कार मुद्दाका आरोपी शंकर लुहारलाई पक्राउ गर्न भन्दै दोधाराचाँदनीस्थित घरमै पुगेका उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

केही घण्टा इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको नियन्त्रणमा राखिएका असईसहितका दुई जना भारतीय प्रहरीलाई भारततिरै फर्काइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले दुवै जनालाई भारत नै फर्काइएको जानकारी दिए । उनकाअनुसार उनीहरू नेपाल नै घर भएका पीडितको बलात्कार सम्बन्धी मुद्दामा लुहारलाई पक्राउ गर्न भन्दै उनको घरमा पुगेको पाइएको छ ।

प्रहरीले पूर्वसमन्वय र प्रचलित कानुन विपरीत अनाधिकृत रुपमा नेपाल छिरेको भन्दै उनीहरुलाई सम्झाइबुझाइ गरेर छाडिएको जनाएको छ । पूर्वजानकारी र अनुमतिबिना नेपाली भूमीमा प्रवेश गरेका कर्नाटक प्रहरीका असई सतिश एमआर र जवान अल्फाब आरएस भारत फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?