माइक्रोब्लगिङ साइट टि्वटरप्रति प्रयोगकर्ताको लगाव घट्दै गएको पाइएको छ । पछिल्लो तथ्यांकले टि्वटरमा प्रयोगकर्ताले बिताउने समय अर्थात् युजर इनगेजमेन्ट ७ प्रतिशतले घटेको देखाएको हो ।
टि्वटर आफैले सार्वजनिक गरेको यस्तो तथ्यांकपछि टि्वटरको शेयर बेच्नेको सोमबार घुइचो नै लागेको रोयटर्सले उल्लेख गरेको छ ।
अन्य सामाजिक संजाल तथा मोबाइल मेसेजिङ सेवाहरु लोकपि्रय बन्दै जाँदा टि्वटरको प्रयोग घट्दै गएको बारेमा कतिपय लगानीकर्ताहरु भयभित बनेका छन् ।
सोमबार टि्वटरले सार्वजनिक गरेको तेश्रो त्रैमासिक प्रतिवेदन अनुसार टि्वटरका मासिक सक्रिय प्रयोगकर्ताको संख्यामा २३ प्रतिशतले वृद्धि भै २८ करोड ४० लाख पुगेको छ ।
तर प्रति प्रयोगकर्ता टाइमलाइन भ्यूज -टाइमलाइन भ्यूज पर युजर), जसले टि्वटरमा प्रयोगकर्ताको संलग्नताको मापन गर्छ त्यसमा भने ७ प्रतिशतले कमी आइ ६ सय ३६ मा झरेको छ । प्रयोगकर्ताको इनगेजमेन्टमा कमी आएपछि टि्वटरको आयमा भने वृद्धि भएको छ ।
तेश्रो त्रैमासिकमा टि्वटरको राजश्व झण्डै दोब्बरले बढेर ३६ करोड १० लाख डलर पुगेको छ ।
प्रतिक्रिया 4