News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जाको पुतलीबजार–१३ नयाँगाउँस्थित गोठमा अचेत भेटिएकी ३५ वर्षीया सुशीला मगरको उपचारका क्रममा मृत्यु भएको छ।
- कैलालीकी मगर सोमबार दिउँसो बबिता नेपालीको घरगोठ भाडामा लिएर ज्याला मजदुरी गर्दै बसिरहेकी थिइन्।
- प्रहरीका अनुसार उनको शरीरमा बाहिरी चोटपटक देखिएको छैन र घटनाबारे अनुसन्धान भइरहेको छ।
२९ भदौ, स्याङ्जा। स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ नयाँगाउँमा गोठभित्र अचेत अवस्थामा भेटिएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
कैलालीको गोदावरी नगरपालिका–९ वल्मी घर भई हाल पुतलीबजार–१३ नयाँ गाउँमा बबिता नेपालीको घरगोठ भाडामा लिएर बस्दै आएकी ३५ वर्षीया सुशीला मगर सोमबार दिउँसो अचेत अवस्थामा भेटिएकी थिइन्। उनी त्यहाँ ज्याला मजदुरीको काम गर्दै आएकी थिइन्।
मगर गोठमा अचेत अवस्थामा रहेको भन्ने स्थानीयबाट सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले उनलाई तत्काल उपचारका लागि पुतलीबजारस्थित प्रदेश अस्पताल लगेको थियो।
अस्पताल पुर्याइएको केही समयपछि चिकित्सकले मगरलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए।
प्रहरीका अनुसार मगरले अत्यधिक मादक पदार्थ (रक्सी) सेवन गर्ने गरेको बुझिएको छ। उनको शरीरमा बाहिरी चोटपटक भने नदेखिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया 4