News Summary
Generated by OK AI. Editorially reviewed.- उदितनारायण झा परिवारले भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावितको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच लाख सहयोग गरेको छ।
- झाकी श्रीमती दीपानारायण र छोरा आदित्यनारायणका तर्फबाट साधना कला केन्द्रमार्फत सहयोग रकम प्रदान गरिएको हो।
- सहयोगको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ।
काठमाडौँ । गायक उदितनारायण झाको परिवारले भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच लाख सहयोग गरेको छ ।
झाकी श्रीमती दीपानारायण तथा छोरा आदित्यनारायणका तर्फबाट साधना कला केन्द्रमार्फत उक्त सहयोग रकम प्रदान गरिएको हो । सहयोगस्वरूपको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ ।
यही भदौ १० गते भोटेकोशी बाढी तथा पहिरोका कारण भएको धनजनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको परिवारले जनाएको छ ।
नेपाली संगीतमा समेत योगदान दिएको झा परिवार पछिल्लो समय मुम्बईमा रहेर संगीतमा क्रियाशिल छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4