+
+
Shares

ट्रम्पका जेठा छोराको विवाहमा पुटिन नजिकका व्यापारीले खर्चेका थिए लाखौं डलर

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोनाल्ड ट्रम्प जुनियर र बेटिनाले आफ्नो विवाहको केही खर्च रुसी व्यापारी उमर क्रेमलेभले बेहोरेको पुष्टि गरेका छन् ।
  • क्रेमलेभले बहामासको प्राइभेट आइल्यान्डमा भएको विवाह समारोहको दुई रातको आतिथ्य र अन्य खर्च बेहोरेका थिए ।
  • यो विवरण सार्वजनिक भएपछि अमेरिकी मिडियामा ट्रम्प परिवारमाथि विदेशी प्रभावलाई लिएर प्रश्न उठेका छन् ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर र उनकी पत्नी बेटिनाले आफ्नो विवाहको केही खर्च एक रुसी व्यापारीले बेहोरेको पुष्टि गरेका छन्।

उक्त खर्च बेहोर्ने व्यापारीको नाम उमर क्रेमलेभ हो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उनको सम्बन्ध निकट रहेको पाइएको छ ।

डोनाल्ड ट्रम्प जुनियर र बेटिनाको विवाह गत मे महिनामा भएको थियो। उनीहरूले इन्स्टाग्राम पोस्टमार्फत बहामासको एउटा प्राइभेट आइल्यान्डमा आयोजित विवाह समारोहको दुई रातको आतिथ्य उमर क्रेमलेभले गरेको जानकारी दिएका छन्।

उमर क्रेमलेभ इन्टरनेसनल बक्सिङ एसोसिएसनका अध्यक्ष हुन् । ट्रम्प जुनियर र बेटिनाले जारी गरेको बयानमा क्रेमलेभलाई आफ्नो नजिकको साथी भनिएको छ। उनीहरूले यसलाई साथीको तर्फबाट पाएको विवाहको उपहार भन्दै आभार पनि व्यक्त गरेका छन्।

विवाहपछिको दुई दिने उत्सव भने अर्को आइल्यान्डमा भएको थियो। उक्त आइल्यान्डको एक रातको भाडा करिब १ लाख डलर रहेको छ। त्यस समारोहसँग जोडिएका अन्य धेरै खर्च पनि क्रेमलेभले नै बेहोरेका थिए।  प्रो पब्लिकाको इन्भेस्टिगेसन अनुसार क्रेमलेभले विवाह समारोहमा लाखौँ डलर खर्च गरेका थिए।

यो पूरा मामिला सार्वजनिक भएपछि अमेरिकी मिडियामा ट्रम्प परिवारमाथि विदेशी प्रभावलाई लिएर प्रश्नहरू उठेका छन्। यी खर्चहरूको जानकारी सबैभन्दा पहिले प्रो पब्लिकाको रिपोर्टमा बाहिर आएको थियो।

अमेरिकी एथिक्समाथि नजर राख्ने धेरै सङ्गठनहरूले यस विषयमा चिन्ता व्यक्त गरेका छन्। राष्ट्रपति पुटिनसँग नजिकको सम्बन्ध भएको व्यक्तिबाट राष्ट्रपतिका छोराले महँगो उपहार स्वीकार गरेकोमा उनीहरूले आपत्ति जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?