+
+
Shares

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी रक्षा विभागका महानिरीक्षकले इरानविरुद्धको अभियानले रणनीतिक हतियार भण्डार घटाएको र पुनःआपूर्तिमा औद्योगिक अवरोध देखिएको बताएका छन्।
  • कङ्ग्रेसलाई बुझाइएको प्रतिवेदनअनुसार ‘अपरेसन एपिक फ्युरी’ को लागत ३३ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ र २२ अर्ब ३० करोड डलर खर्च भइसकेको छ।
  • प्रतिवेदनले इरानी आक्रमणबाट खाडी र मध्यपूर्वका अमेरिकी सैन्य आधारका सयौँ संरचनामा क्षति पुगेको र पुनर्निर्माण लागत हालको अनुमानमा नसमेटिएको जनाएको छ。

३० भदौ, वासिङ्टन (रासस/एएफपी) । इरानविरुद्धको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा कमी आएको र हतियार पुनःआपूर्तिमा औद्योगिक अवरोध देखिएको अमेरिकी रक्षा विभागका महानिरीक्षकले बताएका छन्।

कङ्ग्रेसलाई बुझाइएको प्रतिवेदनअनुसार ‘अपरेसन एपिक फ्युरी’ को फेब्रुअरी २८ देखि जुन ३० सम्मको अनुमानित लागत ३३ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ भने २२ अर्ब ३० करोड डलर खर्च भइसकेको छ ।

प्रतिवेदनले अभियानमा ठूलो मात्रामा हतियार प्रयोग हुँदा रणनीतिक भण्डार घटेको उल्लेख गरेको छ । युद्धका क्रममा चार एफ–१५ विमान र ३० एमक्यू–९ रिपर ड्रोन नष्ट भएका तथा एउटा एफ–३५ र सात केसी–१३५ ट्याङ्कर विमान क्षतिग्रस्त भएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हतियार भण्डारमा कमी आएको चिन्ता अस्वीकार गर्दै अमेरिकासँग ‘लगभग असीमित’ गोला–बारुद रहेको बताएका छन्। सोमबार उनले अमेरिकाले इतिहासकै सबैभन्दा उत्कृष्ट र ठूलो परिमाणमा हतियार उत्पादन गरिरहेको दाबी गरे।

यसअघि सिएनएनले लामो दूरीका क्षेप्यास्त्र र हवाई प्रतिरक्षा प्रणालीका अवरोधक क्षेप्यास्त्रको अभावले अमेरिकी रणनीतिमा असर परेको जनाएको थियो । अमेरिकी सेनाले थाड प्रणालीका करिब ८० प्रतिशत अवरोधक क्षेप्यास्त्र प्रयोग गरिसकेको बताइएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार युद्धको पहिलो २४ घण्टामै अमेरिकी सेनाले एक हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरेको थियो ।

प्रतिवेदनले इरानी आक्रमणबाट कुवेत, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, इराक, ओमान र जोर्डनस्थित अमेरिकी सैन्य आधारका सयौँ संरचनामा क्षति पुगेको जनाएको छ । ती संरचनाको पुनर्निर्माण लागत भने हालको खर्च अनुमानमा समावेश गरिएको छैन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?