News Summary
Generated by OK AI. Editorially reviewed.- विष्णु माझीको ‘घरबार’ले बुधबारसम्म युट्युबमा १ करोड २१ लाख भ्युज पाएको छ।
- एलिना चौहानको ‘नौरती फूली’ले युट्युबमा १ करोड १९ लाख भ्युज पाएको छ।
- चौहानले विष्णु माझीसँग तुलना र प्रतिस्पर्धाको चर्चा अस्वीकार गर्दै ‘उहाँको गीतको आफ्नै इतिहास र उचाइ छ । मेरो गीतको आफ्नै यात्रा छ । उहाँको गीतसँग मेरो कुनै लेनदेन छैन । तुलनाको पनि आवश्यकता छैन,’ भनेकी छन्।
काठमाडौं । गायिका विष्णु माझीको ‘घरबार’ र एलिना चौहानको ‘नौरती फूली’ यस वर्षका तीज गीतमध्ये युट्युबमा एक करोडभन्दा बढी भ्युज पाउने गीत बनेका छन् ।
बुधबारसम्म माझीको ‘घरबार’लाई एक करोड २१ लाख पटक हेरिएको छ । सेप्टेम्बर २ मा रिलिज भएको यो गीतले छोटो समयमै उक्त भ्युज हासिल गरेको हो ।
चौहानको ‘नौरती फूली’ले एक करोड १९ लाख भ्युज पाएको छ । यो गीत जुलाई १७ मा रिलिज भएको थियो । यस वर्ष सार्वजनिक अन्य तीज गीतले भने एक करोड भ्युजको आँकडा पार गर्न सकेका छैनन् ।
भोटेकोशी बाढी र त्यसले सिर्जना गरेको विपद्को परिस्थितिबीच माझीको ‘घरबार’ सार्वजनिक भएको थियो । विपद्का कारण तीजका विभिन्न कार्यक्रम प्रभावित भएका बेला पनि माझी र चौहानका यी दुई गीतले युट्युबमा एक करोडभन्दा बढी भ्युज पाएका हुन् । दुई गीतको रिलिज मितिबीच एक महिनाभन्दा बढीको अन्तर छ ।
दुवै गीतको भ्युजलाई लिएर सामाजिक सञ्जालमा कतिपय प्रयोगकर्ताले माझी र चौहानबीच प्रतिस्पर्धाका रूपमा टिप्पणी गरेका थिए । तर चौहानले यस्तो तुलना र प्रतिस्पर्धाको चर्चाप्रति असन्तुष्टि जनाएकी छन् ।
भ्युज आफ्ना लागि केवल अंक भएको उल्लेख गर्दै उनले विष्णु माझीजस्तो स्थापित कलाकारसँग आफूलाई तुलना नगर्न आग्रह गरेकी छन् ।
‘उहाँको गीतको आफ्नै इतिहास र उचाइ छ । मेरो गीतको आफ्नै यात्रा छ । उहाँको गीतसँग मेरो कुनै लेनदेन छैन । तुलनाको पनि आवश्यकता छैन,’ चौहानले लेखेकी छन् ।
प्रतिक्रिया 4