News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद धनन्वय रेग्मीले रसुवाको भोटेकोशी बाढीलाई २०७२ सालको भूकम्पसँग जोडेर अपव्याख्या गर्न खोजिएको भन्दै सरकारको ध्यानाकर्षण गरे ।
- उनले बाढी जलवायु परिवर्तनका कारण आएको भन्दै तथ्य र वैज्ञानिक अनुसन्धानमा आधारित डाटा लिएर प्रधानमन्त्रीले युएन महासभामा कुरा राख्न आग्रह गरे ।
- रेग्मीले इसीमोड र अन्य अध्ययनमा हिमाली क्षेत्रमा परिवर्तन र हिमनदीको आकार बढेको देखिएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय जर्नलका प्रमाण पनि हेर्न सुझाए ।
३१ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीको कारण २०७२ सालको भूकम्पसँग जोडेर अपव्याख्या गर्न खोजिएको भन्दै सत्तारुढ दल रास्वपा सांसद धनन्वय रेग्मीले सरकारको ध्यानाकर्षण गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘हिजो मात्रै वर्ल्ड वेदर एट्रीब्युसनको एउटा रिपोर्ट बनाएको छ । त्यसमा क्लाइमेट चेन्ज भएको कुरालाई त स्वीकार गरिएको छ तर कता कता २०१५ को अर्थक्वेक (भूकम्प) ले गर्दा हिमाली क्षेत्रहरू कमजोर भएर बसेको थियो, त्यसैले यो कुरा भयो भने जसरी आएको छ ।’
यसैलाई उनले रसुवा बाढीको कारण २०७२ सालको भूकम्पसँग जोडेर अपव्याख्या गर्न खोजिएको रुपमा लिएर सरकारको ध्यानाकर्षण गरेका हुन् ।
‘कता कता यो जुन क्लाइमेट चेन्ज थियो त्यसलाई कतै भूकम्प तिर जोडेर हाम्रो अहिलेको जुन हाम्रो जिकिर छ त्यसलाई कमजोर बनाउन खोजिएको त हैन ? जस्तो लागिरहेछ,’ उनले भने ।
यो बेला इसीमोड लगायत जुन जुनसुकै संस्था हुन् नेपालका विश्वविद्यालय सबैले सबै जुन डाटा पनि अगाडि लिएर आउँछन् तिनले तथ्यमा र वैज्ञानिक अनुसन्धानमा आधारित भएका डाटालाई अगाडि सार्नुपर्ने उनले बताए ।
तथ्यसहितको तिनै डाटालाई लिएर प्रधानमन्त्रीको युएनको महासभामा एटेन्डा राख्नुपर्छ पनि आग्रह गरे ।
उनका अनुसार, रसुवामा आएको विनाशकारी बाढी जलवायु परिवर्तनका कारणले आएको हो । थप अन्य केही साइन्टिफिक एभिडेन्स आएपछि त्यसमा अन्य कुराहरू पनि आउन सक्ने बताए ।
उनले भनेका छन्, ‘क्लाइमेट जस्टिस र क्लाइमेट फाइनान्सको कुरा र त्यसमा कुरा के आइरहेका छन् । यसकबारे नेपालसँग जति साइन्टिफिक एभिडेन्स छन् त्यसलाई युएन महासभामा गएर कुरा गरिराख्दा यसलाई प्रमाणित गर्न सकौं ।’
उनका अनुसार नेपालका डाटा एकातिर छदै छन् भने अर्कोतिर इसीमोडले गरेका केही अध्ययनहरू/अनुसन्धानहरु छन् । जसले विशेषगरी सेटलाइट इमेजबाट हिमाली क्षेत्रमा परिवर्तन आएको, हिमनदीहरू साना कोठाका आकारबाट दुई दुई किलोमिटर लामा भएको देखाएको उनले बताए ।
अझ प्रमाणै हेर्दै जाँदा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भएका जर्नलहरूलाई हेर्न सकिने उनले सुझाए ।
प्रतिक्रिया 4