News Summary
Generated by OK AI. Editorially reviewed.- तुइन खोलामा पहिरो रोकथामका लागि २२ भदौदेखि आंशिक रूपमा बन्द मुग्लिन-नारायणगढ सडक खण्ड आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ।
- सडक डिभिजन भरतपुरका अनुसार कृष्णभिरमा नयाँ ट्र्याकबाट सवारीसाधन गुड्न थालेपछि मुग्लिन-नारायणगढ सडक खण्डमा दुईतर्फी आवागमन खुला गरिएको हो।
- सडक डिभिजन भरतपुरले तुइन खोलामा स्लोप स्टेबिलाइजेसन कार्य जारी रहेको र अर्को सूचना नआएसम्म सडक पूर्णरूपमा सञ्चालनमा रहने जनाएको छ।
१ असोज, काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्ड पनि पूर्णरूपमा सञ्चालनमा आएको छ ।
गत २२ भदौदेखि यो सडक खण्ड आंशिक रूपमा बन्द गरी तुइन खोलामा खसिरहने पहिरो रोक्नका लागि ‘स्लोप स्टेबिलाइजेसन’ कार्य भइरहेको थियो ।
सडक डिभिजन भरतपुर चितवनका अनुसार पृथ्वी राजमार्गको कृष्णभिरमा नयाँ ट्र्याकबाट आजदेखि सवारीसाधन गुड्न थालेपछि मुग्लिन-नारायणगढ सडक खण्डमा पनि दुईतर्फी सडक खुला गरिएको हो ।
कृष्णभिरमा सडक अवरुद्ध भएको मौका छोपेर सडक डिभिजन भरतपुरले तुइनखोलामा आंशिक सडक बन्द गरेर पहिरो रोकथामका लागि ‘स्लोप स्टेबिलाइजेसन’ कार्य गरिरहेको थियो ।
सडक डिभिजन भरतपुरका अनुसार तुइन खोलामा स्लोप स्टेबिलाइजेसन कार्य भइरहेको र अर्को सूचना जारी नहुँदासम्मका लागि यस सडक खण्ड पूर्णरूपमा सञ्चालनमा ल्याइएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4