News Summary
Generated by OK AI. Editorially reviewed.- विश्वकर्मा पूजाका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा बिहानैदेखि सवारीसाधन पूजा गर्नेहरूको भिड लागेको छ।
- दर्शानार्थीहरू मोटरसाइकल, स्कुटर, कार, ट्याक्सी तथा अन्य सवारीसाधन लिएर मन्दिर पुगेका छन्।
- विश्वकर्मा पूजाका दिन सवारीसाधन, मेसिनरी, औजार तथा उपकरणको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहँदै आएको छ।
१ असोज, काठमाडौं । विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा गर्नेहरूको भिड लागेको छ ।
बिहानैदेखि दर्शानार्थीहरू आफ्ना मोटरसाइकल, स्कुटर, कार, ट्याक्सी तथा अन्य सवारीसाधन लिएर पूजा गर्न मन्दिर पुगेका छन् ।
विश्वकर्मा पूजाका दिन सवारीसाधन, मेसिनरी, औजार तथा विभिन्न उपकरणको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहँदै आएको छ ।
विश्वकर्मा पूजाको अवसरमा यातायात व्यवसायी, चालक, मेकानिक, उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकदेखि सर्वसाधारणसम्मले आफ्ना सवारी तथा औजारको पूजा गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4