+
+
Shares

आज विश्वकर्मा पूजा मनाइँदै, के छ धार्मिक महत्त्व ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते ६:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आज कन्या संक्रान्तिका दिन काठमाडौंसहित देशभर विश्वकर्मा पूजा मनाइँदैछ ।
  • विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्वीरमा विधिपूर्वक पूजाआराधना गरी श्रमिकले दिवस भव्यताका साथ मनाएका छन् ।
  • विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर र वास्तुकार मानिन्छ, र ऋग्वेदमा उनको महत्वका ११ ऋचा लेखिएका छन् ।

१ असोज, काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ ।

यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्वीरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।

आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

यसैबीच काठमाडौंका विभिन्न ठाउँमा विश्वकर्माका मूर्तिहरू साजसज्जा गरिएको छ ।

विश्वकर्मा भगवान को हुन् ?

भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्न भिन्नै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहृमाले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए ।

विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे ।

भगवान विश्वकर्माको महत्व यो कुराले पनि स्मरण सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरू लेखेर गरिएको छ ।

उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?