+
+
Shares

सर्पदंशको उपचारका लागि सरकारले लगानी बढाओस् : सांसद चौधरी

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अशोक कुमार चौधरीले सर्पदंशको उपचारका लागि सरकारले लगानी बढाउनुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद अशोक कुमार चौधरीले सर्पदंशको उपचारका लागि सरकारले लगानी बढाउनुपर्ने भन्दै प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराए।
  • उनले इटहरीको सर्पदंश उपचार केन्द्रमा १३ वर्षभन्दा कम उमेरका बालबालिकाको उपचार नहुने र सघन उपचार सुविधा पनि नपुगेको बताए।
  • सुनसरीको इटहरी ५ की ८ वर्षीया आस्वाना चौहानलाई गोमन सर्पले डसेपछि इटहरी, धरान हुँदै विराटनगर पुर्‍याउँदा पनि ज्यान बचाउन नसकिएको उनले उल्लेख गरे।

१ असोज, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अशोक कुमार चौधरीले सर्पदंशको उपचारका लागि सरकारले लगानी बढाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘सर्पले उमेर हेरेर डस्दैन । विषले उमेर हेरेर असर गर्दैन । तर उपचारको ढोका उमेरका आधारमा बन्द हुन्छ भने हामीले त्यसलाई सामान्य रूपमा लिन मिल्दैन’ उनले भने ।

इटहरीस्थित नेपाली सेनाले सञ्चालन गरेको सर्प दंश उपचार केन्द्रमा १३ वर्षभन्दा कम उमेरका बाल बालिकाको उपचार नहुने अवस्था रहेको जानकारी आएको भन्दै उनले थपे, ‘आवश्यक सघन उपचार सुविधा उपलब्ध रहेनछ । यो अत्यन्त गम्भीर विषय हो ।’

सुनसरी, इटहरी ५ की ८ वर्षीया आस्वाना चौहानलाई घरमै खेलिरहेका बेला गोमन सर्पले डसेको र इटहरी, धरान हुँदै विराटनगर पुर्‍याउँदा पनि उनको ज्यान बचाउन नसकिएकोबारे सरकारको ध्यानाकर्षण गराए।

‘त्यसैले सर्पदंशको बिरामीलाई एउटा अस्पतालबाट अर्को अस्पतालमा पठाउँदै समय बिताउने अवस्था अब अन्त्य हुनुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?