+
+
Shares

रूसी ड्रोन आक्रमणपछि किएभका दुई पुल बन्द

रूसी ड्रोन आक्रमणपछि युक्रेनको राजधानी किएभका निप्रो नदीमाथिका दुई प्रमुख पुलमा यातायात प्रभावित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १७:३८

१६ असोज, किएभ (रासस/एएफपी) । रूसी ड्रोन आक्रमणपछि युक्रेनको राजधानी किएभका निप्रो नदीमाथिका दुई प्रमुख पुलमा यातायात प्रभावित भएको छ । दक्षिणी पुल दुवै दिशामा पूर्ण रूपमा बन्द गरिएको छ भने प्याटन पुलमा एउटा मात्र बाटो खुला राखिएको मेयर भिटाली क्लिट्स्कोले शुक्रबार बताएका छन्।

रूसी ड्रोनले दक्षिणी पुलका संरचनामा आक्रमण गरेपछि त्यसको अवस्था मूल्याङ्कन गर्न पुल बन्द गरिएको थियो । यातायात र मेट्रो सेवा पुनः सञ्चालन गरिए पनि बिहीबार राति पुलमा पुनः आक्रमण भएपछि फेरि बन्द गरिएको उनले बताए। प्याटन पुलमा भने आक्रमण भएको कुनै रिपोर्ट नभएको उनले बताए।

यसैबीच, किएभको डार्नित्स्की जिल्लास्थित २५ तले आवासीय भवनमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको र कम्तीमा दुई जना घाइते भएको आपत्कालीन सेवाले जनाएको छ । पछिल्ला महिनामा किएभमा रूसी ड्रोन तथा क्षेप्यास्त्र आक्रमण बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?