१६ असोज, काठमाडौं । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको वडा अधिवेशनका क्रममा काठमाडौं महानगरपालिका– ९ मा फरक दृश्य देखिएको छ ।
शुक्रबार अधिवेशनको उद्घाटनमा सनातन हिन्दु धर्मको प्रतिक ओमकार झण्डा राखेर बटुकहरूबाट स्वस्तिवाचन गरिएको थियो ।
त्यसपछि २०४० सालमा कांग्रेसको क्रियाशील सदस्यता लिएका ८६ वर्षीय नेता कुलप्रसाद चौलागाईंले उद्घाटन गरेका थिए ।
यसअघि संस्थापन इतर समूहले आयोजना गरिएको राष्ट्रिय भेलाको समापनमा आफू हिन्दु हुँ भन्दै भाषण गरेका थिए । कतिपयले त्यसलाई सनातन हिन्दु राष्ट्रतर्फ देउवाको झुकाव भन्दै आशंका पनि व्यक्त गरेका थिए ।
वडा अधिवेशनले जगदीश कुइँकेलको सभापतित्वमा कार्यसमिति चयन गरेको नेता दिनेशविक्रम शाहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4