+
+
Shares

महाधिवेशनस्थलमा महामन्त्री प्रदीप पौडेल, व्यवस्थापनको समन्वय गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते ९:५६

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल १५औँ महाधिवेशनस्थल खुलामञ्चमा पुगेका छन् ।

महामन्त्री पौडेलले महाधिवेशनस्थलमा पुगेर मञ्च व्यवस्थापनलगायतका तयारीबारे जानकारी लिएका छन् । उनले व्यवस्थापनबारे बुझ्न महाधिवेशनस्थल पुगेको बताउँदै केही त्रुटि र समस्या भए त्यसको समन्वय गर्ने बताए ।

‘व्यवस्थापनबारे बुझ्न आएको हुँ । मञ्च व्यवस्थापनका साथीहरुलाई भेट्न खोज्दैछु । प्राविधिक त्रुटिहरु बाँकी छन् कि भनेर बुझ्न र समन्वय गर्न आएको हो’, उनले भने ।

उनले अवलोकनका क्रममा सबै कुरा राम्रोसँग तयारी भएको देखिएको बताए । केही समस्या भए समन्वय गरेर समाधन गरिने उनको भनाइ छ ।

कांग्रेसको महाधिवेशन आज दिउँसो २ बजे उद्घाटन हुँदैछ । भोलि र पर्सि बन्दसत्र सञ्चालन हुनेछ । महाधिवेशनको बन्दसत्र पनि खुलामञ्चमै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?