+
+
Shares

गुन्डुका किसानलाई फूल टिप्न भ्याइ नभ्याइ (तस्वीरहरू)

तिहार नजिकिँदै गर्दा भक्तपुरको गुन्डु क्षेत्रमा मखमली फूल खेती गर्ने किसानलाई फूल टिप्न र माला गाँस्न भ्याइ नभ्याइ भएको छ ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ कात्तिक १३ गते ९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिहार नजिकिँदै गर्दा भक्तपुरको गुन्डु क्षेत्रमा मखमली फूल खेती गर्ने किसानलाई फूल टिप्न र माला गाँस्न भ्याइ नभ्याइ भएको छ।
  • काठमाडौंका व्यापारीहरू किसानका घरमै पुगेर मखमली फूल र मालाको अर्डर गर्ने गरेका छन्।
  • किसानका अनुसार मखमली फूलको एउटा मालाको मूल्य २५ रुपैयाँसम्म पर्ने गरेको छ।

१३ कात्तिक, काठमाडौं । नेपालीहरूको ठूलो पर्व दशैं सकिएसँगै अर्को महत्त्वपूर्ण पर्व तिहार नजिकिएको छ । तिहार नजिकिँदै गर्दा भक्तपुरको गुन्डु क्षेत्रमा मखमली फूल खेती गर्ने किसानलाई फूल टिप्न र माला गाँस्न भ्याइ नभ्याइ भएको छ ।

यस क्षेत्रका अधिकांश किसान तिहारलाई लक्षित गरी मखमली फूलको व्यावसायिक खेती गर्दै आएका छन् । खेतबारीमा फुलेका मखमली फूल टिप्ने र परिवारका सदस्य मिलेर माला गाँस्ने काममा उनीहरू व्यस्त छन् । घरको आँगनमा बसेर फूल उन्ने र माला तयार गर्ने दृश्यले गाउँमा तिहारको रौनक बढाएको छ ।

 

किसानले उत्पादन गरेका फूल तथा माला बिक्री गर्न बजारको समस्या छैन । काठमाडौंका व्यापारीहरू किसानका घरमै पुगेर फूल र मालाको अर्डर गर्ने गरेका छन् । व्यापारीको मागअनुसार किसानले माला तयार पारिरहेका छन् ।

किसानका अनुसार एउटा मखमली फूलको मालाको मूल्य २५ रुपैयाँसम्म पर्ने गरेको छ । तिहार नजिकिँदै जाँदा माग र मूल्य दुवै बढ्ने उनीहरूको अपेक्षा छ ।

मखमली फूल भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने विशेष फूल हो । नओइलाउने विश्वासका कारण यसले प्रेम, आत्मीयता र दीर्घ सम्बन्धको प्रतीकका रूपमा सांस्कृतिक महत्त्व बोकेको छ ।

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?