+

एनपीएलका चार खेल खेलेर फर्किए डेभिड वार्नर

२०८३ कात्तिक  २४ गते ११:१० २०८३ कात्तिक २४ गते ११:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर काठमान्डु गोर्खाजका लागि नेपाल प्रिमियर लिगमा चार खेल खेलेर स्वदेश फर्किएका छन्।
  • वार्नरले चार खेलमा १२७ रन बनाउँदै काठमान्डु गोर्खाजलाई चारवटै खेल जिताउन योगदान दिएका थिए।
  • गोर्खाजका म्यानेजर दीपक केसीले वार्नरलाई धन्यवाद दिँदै सुरक्षित यात्राको शुभकामना र पुनः भेट हुने अपेक्षा व्यक्त गरेका छन्।

२४ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजका लागि चार खेल खेलेर स्वदेश फर्किएका छन्।

गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरलाई धन्यवाद दिँदै उनको स्वदेश फिर्तीबारे जानकारी दिएका हुन्।

केसीले वार्नरलाई धन्यवाद दिँदै सुरक्षित यात्राको शुभकामना दिएका छन्। उनले काठमान्डु गोर्खाज र नेपालका लागि वार्नरले पुर्‍याएको योगदानको प्रशंसा गर्दै पुनः भेट हुने अपेक्षा पनि व्यक्त गरेका छन्।

वार्नरले एनपीएलमा काठमान्डु गोर्खाजका लागि चार खेल खेल्दै कुल १२७ रन बनाएका थिए। उनले खेलेका चारवटै खेलमा काठमान्डु गोर्खाज विजयी भएको थियो।

वार्नरको आगमनले काठमान्डु गोर्खाजको ब्याटिङमा अनुभव थपिएको थियो। चार खेलपछि टोलीबाट बिदा भएका उनले आफ्नो छोटो एनपीएल यात्रामा खेलेका सबै खेलमा टोलीलाई जित दिलाउने संयोग बनाएका छन्।

एनपीएल २०२६ डेभिड वार्नर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय