+

नेपाली यू-१९ महिला टोली शृङ्खला खेल्न भारत जाँदै

२०८३ कात्तिक  २४ गते १६:५५ २०८३ कात्तिक २४ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नोभेम्बर १० देखि २२ सम्म बेंगलुरुमा हुने नेपाल-भारत यू-१९ महिला टी२० सिरिजका लागि नेपाली यू-१९ टोली भारत प्रस्थान गरेको छ।
  • क्यानले सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरी मंगलबार बिदाइ गरेको थियो।
  • नेपालले सिरिजमा भारत यू-१९ बी र भारत यू-१९ ए टोलीसँग डबल राउण्ड रोविन आधारमा खेल्नेछ।

२४ कात्तिक, काठमाडौं । यही नोभेम्बर १० देखि २२ सम्म भारतको बेंगलुरुमा हुने नेपाल-भारत यू-१९ महिला टी२० सिरिजका लागि नेपाली यू-१९ महिला क्रिकेट टोली भारत प्रस्थान गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो । उनीहरूको बिदाइ पनि गरिएको हो ।

टोलीका अन्य सदस्यमा रचना कुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका शाह, अन्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिका कुमारी महरा, आस्रा चौधरी, प्रथा श्रेष्ठ, ज्योत्स्निका मरासिनी, पूर्णिमा राजवंशी र तिर्सना विश्वकर्मा छन् ।

सिरिजमा नेपाल यू-१९सँगै भारत यू-१९ र भारत यू-१९ बी गरी तीन टिमले डबल राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले नोभेम्बर १२ मा भारत यू-१९ बीसँग पहिलो खेल खेल्नेछ भने नोभेम्बर १४ मा भारत यू-१८ ए टिमसँग खेल्नेछ । यस्तै नोभेम्बर १८ मा भारत यू-१९ बीसँग तेस्रो र नोभेम्बर २० मा भारत यू-१८ ए टिमसँग खेल्नेछ ।

भारत यू-१९ ए टिमको कप्तानी भविका अहिरेले गर्नेछिन् भने भारत यू-१९ बी अनादी तग्डेले गर्नेछिन् ।

आगामी २०२७ जनवरी २१ देखि फेब्रुअरी ६ सम्म नेपाल र बंगलादेशले आयोजना गर्ने आइसीसी यू-१९ टी२० महिला विश्वकपको तयारी स्वरुप नेपाल यू-१९ टोलीले भारतमा सिरिज खेल्न लागेको हो ।

यसअघि सोनी पाख्रिनकै कप्तानीमा चिनमा भएको बेल्ट एन्ड रोड यू-१९ गर्ल्स टी२०आई सिरिजको उपाधि नेपालले जितेको थियो । चार राष्ट्र सहभागि सिरिजमा नेपाल अपराजित रहँदै च्याम्पियन बनेको थियो ।

नेपाली यू-१९ महिला क्रिकेट टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय