+
+
Shares

बेलौरी नगरपालिकामा अग्नि नियन्त्रण तथा उद्धार तालिम

कञ्चनपुर बेलौरी नगरपालिकाको आयोजना तथा युनिसेफ नेपालको सहकार्यमा दमकल चालक तथा फायर फाइटरहरूका लागि ३ दिने अग्नि नियन्त्रण तथा उद्धार तालिम सम्पन्न भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १८:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलौरी नगरपालिकाको आयोजना र युनिसेफ नेपालको सहकार्यमा कञ्चनपुरका ७ स्थानीय तहका दमकलकर्मीका लागि ३ दिने अग्नि नियन्त्रण तथा उद्धार तालिम सम्पन्न भएको छ ।
  • पुनर्वास, बेलौरी, कृष्णपुर, शुक्लाफाँटा, वेदकोट, दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकाका फायर फाइटरको क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गरिएको हो ।
  • वरिष्ठ प्रशिक्षक किशोरकुमार भट्टराईले सहभागीलाई विपद्का अवस्थामा सुरक्षा सतर्कता, आगो नियन्त्रणका आधुनिक तरिका र उद्धारका व्यावहारिक सिप प्रशिक्षण दिएका थिए ।

२९ कात्तिक, काठमाडौं । कञ्चनपुर बेलौरी नगरपालिकामा अग्नि नियन्त्रण तथा उद्धार तालिम सम्पन्न भएको छ ।

बेलौरी नगरपालिकाको आयोजना तथा युनिसेफ नेपालको सहकार्यमा कञ्चनपुर जिल्लाका ७ स्थानीय तहका दमकलमा कार्यरत फायर फाइटरहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ३ दिने ‘अग्नि नियन्त्रण तथा उद्धार तालिम’ सम्पन्न भएको हो ।

​जिल्लाका पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, वेदकोट नगरपालिका, दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिका अन्तर्गत दमकल सेवामा कार्यरत जनशक्ति थप दक्ष र व्यावसायिक बनाउन उक्त तालिम सञ्चालन गरिएको हो ।

​तालिम सहजीकरण गर्दै वरिष्ठ अग्नि नियन्त्रण तथा उद्धार प्रशिक्षक किशोरकुमार भट्टराईले सहभागीलाई विपद्का विभिन्न अवस्थामा अपनाइने सुरक्षा सतर्कता, आगो नियन्त्रणका आधुनिक तरिका तथा उद्धारका व्यावहारिक सिपबारे प्रशिक्षण प्रदान गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?