+

लुम्बिनीविरुद्ध दीपेन्द्रले बनाए अर्धशतक

२०८३ मंसिर  १ गते १८:३३ २०८३ मंसिर १ गते १८:३३

उनले ४५ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ५० रन पूरा गरेका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध ४५ बलमा ५० रन बनाए ।
  • उनले ३ चौका र १ छक्का प्रहार गर्दै लगातार दोस्रो तथा समग्रमा तेस्रो अर्धशतक पूरा गरे ।
  • दीपेन्द्रले यसअघि लिग चरणमा पोखरा एभेन्जर्स र काठमान्डु गोर्खाजविरुद्ध पनि अर्धशतक बनाएका थिए ।

१ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक बनाएका छन् । उनले ४५ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ५० रन पूरा गरेका हुन् ।

दीपेन्द्रले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका हुन् भने सम्रगमा तेस्रो अर्धशतक हो ।

यसअघि उनले लिग चरणमा पोखरा एभेन्जर्स र काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक बनाएका थिए ।

उनले चौथो विकेटका लागि इशान पाण्डेसँग ६४ रनको साझेदारी गरेका थिए । ८ रनमै ३ विकेट गुमाएको सुदूरपश्चिमको इनिङ्स कप्तान दीपेन्द्रले नै सम्हालेका थिए ।

दीपेन्द्र सिंह ऐरी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय