News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री वालेन्द्र शाहले सिंहदरबारमा नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलासँग शिष्टाचार भेट गरी आसन्न भारत भ्रमणबारे छलफल गरेका छन्।
- सचिवालयका अनुसार प्रधानमन्त्री शाहले भारत भ्रमणका एजेन्डा तय भइसकेको र सम्बन्धित निकायले गृहकार्य तीव्र बनाइरहेको जानकारी पाएका छन्।
- भेटमा नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको र शाहले रसुवा–भोटेकोशी बाढीपछि भारतले दिएको सहयोगप्रति आभार व्यक्त गरेका छन्।
२ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा आसन्न भारत भ्रमणबारे समेत कुराकानी भएको थियो ।
प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग जानकारी लिएको र राजदूत दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उनले भ्रमणका एजेन्डा तय भइसकेको जानकारी गराउँदै भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको पनि बताएका थिए ।
भेटवार्तामा नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो ।
प्रधानमन्त्री शाहले दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । साथै, नेपालमा आएको रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति पनि प्रधानमन्त्री शाहले आभारसमेत व्यक्त गरेका थिए ।
प्रतिक्रिया 4