News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुटिरहेको छ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आज बिहान ९:०० बजेसम्म कोषका विभिन्न खातामा रु १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ मौज्दात पुगेको छ।
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौ वाणिज्य बैंकमा रु १३ अर्ब ७३ करोड छ लाख ७७ हजार ४३० र डलर खातामा तीन करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर पुगेको छ।
२ मंसिर, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग सङ्कलन भइरहेको छ ।
कार्यालयका अनुसार कोषका विभिन्न खातामा आज बिहान ९:०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ पुगेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १३ अर्ब ७३ करोड छ लाख ७७ हजार ४३० र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर पुगेको छ । रासस
प्रतिक्रिया 4