+
+
Shares

दानबहादुरको रिट निवेदनमा मंसिर ७ गते अर्को सुनुवाइ

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेशका लागि सोमबार दुवै पक्षलाई छलफलमा बोलाएको छ।
  • न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बुधबार अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो।
  • मन्त्रिपरिषद् बैठकले कार्कीलाई हटाएर डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।

२ मंसिर, काठमाडौं । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाउने सरकारी निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा फेरि सुनुवाइ हुने भएको छ ।

न्यायाधीश श्रीकान्त पौडेलको इजलासले आगामी सोमबार (मंसिर ७) अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश गरेको हो ।

त्यो दिन रिट निवेदक कार्कीका कानुन व्यवसायी, कार्कीलाई हटाउने सरकारी निर्णयको प्रतिरक्षा गर्ने सरकारी वकिल र नवनियुक्त आईजीपी डा. मनोज केसीको तर्फबाट बहस गर्ने कानुन व्यवसायीबीच बहस हुनेछ ।

सर्वोच्चले बुधबार भने अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षको छलफल पछिमात्रै अन्तरिम आदेशबारे निर्णय लिनका लागि छलफलमा डाकेको हो ।

मन्त्रिपरिषद् बैठकले कार्कीलाई पदबाट हटाएर केसीलाई नियुक्त गरेको थियो ।

आफूलाई गैरकानुनी रुपमा पदबाट हटाएको भन्दै कार्कीले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?