+
+
Shares

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएका तीन आदेश (आदेशसहित)

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेशमा तीनवटा विषयवस्तु समावेश छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १६:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले दानबहादुर कार्कीको आईजीपी पुनर्बहाली मागेको रिटमा सरकारसँग कारण देखाउ आदेश जारी गरेको छ।
  • न्यायाधीश श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेशबारे दुवै पक्षको छलफलपछि मात्रै निर्णय गर्ने भन्दै सोमबार ७ मंसिरमा छलफलका लागि बोलाएको छ।
  • सर्वोच्चले कार्कीलाई हटाई मनोज शर्मालाई आईजी बनाउने निर्णयसहितका प्रमाणित प्रतिलिपि र कागजात पेश गर्न आदेश दिएको छ।

२ मंसिर, काठमाडौं । आफूलाई गैरकानूनी रूपमा आईजीपी पदबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले दिएको रिट निवेदनमा सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले कार्कीको माग बमोजिम ‘उनलाई किन आईजी पदमा पुनर्बहाली नगर्ने ?’ कारण भए पेश गर्नु भनी सरकार लगायत विपक्षीहरूका नाममा आदेश दिएको हो ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेशमा तीनवटा विषयवस्तु समावेश छन् ।

पहिलो, अल्पकालिन अन्तरिम आदेश दिन अस्वीकार गरेपनि सर्वोच्च अदालतले दुवै पक्षको छलफलपछि मात्रै अन्तरिम आदेशबारे निर्णय हुनुपर्ने भनेको छ ।

र, अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई आगामी सोमबार (७ मंसिर) मा डाकेको हो ।

दोस्रो, सर्वोच्च अदालतले कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने र एआईजी डा. मनोज शर्मालाई आईजीमा बढुवा गर्ने निर्णयको प्रमाणित प्रतिलिपी पेश गर्न आदेश दिएको छ । साथै, त्यससँग सम्बन्धित अरु कागजात भए ती समेत पेश गर्न आदेश दिएको हो ।

तेस्रो, सर्वोच्च अदालतले विषयवस्तु र प्रकृति हेर्दा रिट निवेदन छिटो टुंगो लगाउनुपर्ने प्रकृति रहेको भनी आदेश गरेको हो । सर्वोच्चले रिट निवेदनलाई अग्राधिकार दिने आदेश गरेको छ । अग्राधिकार पाएका रिट निवेदनहरूले प्राथमिकता पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?