+
+
Shares

खानेपानीको बक्यौता तिर्नेलाई जरिबानामा ९० प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते ८:१५

३ मंसिर, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले महसुल बक्यौता रहेका ग्राहकलाई जरिबानामा ९० प्रतिशतसम्म छुट दिने भएको छ ।

लिमिटेडले २०८३ कात्तिक मसान्तसम्मको बक्यौता महसुल तिर्न आउने ग्राहकको ग्राहक लगत (प्थ्ऋ) अद्यावधिक गरी जरिवाना रकममा छुट दिने निर्णय गरेको हो ।

लिमिटेडले सार्वजनिक गरेको सूचनाअनुसार २०८३ मंसिर १ गतेदेखि २०८३ माघ मसान्तसम्म बक्यौता महसुल बुझाउने ग्राहकले जरिवाना रकममा ९० प्रतिशत छुट पाउनेछन् ।

त्यस्तै, २०८३ फागुन १ गतेदेखि चैत मसान्तसम्म बक्यौता बुझाउने ग्राहकलाई जरिवानामा ६० प्रतिशत छुट दिइनेछ ।

यसैगरी २०८४ वैशाख १ गतेदेखि असार मसान्तसम्म बक्यौता बुझाउने ग्राहकले भने जरिवाना रकममा ४० प्रतिशत छुट पाउनेछन् ।

लिमिटेडले बक्यौता महसुल संकलनलाई सहज बनाउन तथा ग्राहकलाई बाँकी महसुल भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाएको छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डबाट जरिवाना छुटसम्बन्धी स्वीकृति प्राप्त भएकाले उक्त छुट सुविधा लागू गरिएको सूचनामा उल्लेख छ ।

लिमिटेडले सम्बन्धित सबै ग्राहकलाई तोकिएको अवधिभित्र आफ्नो बक्यौता महसुल बुझाई जरिवाना छुटको सुविधा लिन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?