+
+
Shares

पालुङबाट भैंसेतर्फ जाँदै गरेको कारमा ११७ केजी गाँजा, चालक फरार

पालुङबाट भैंसे तर्फ जाँदै गरेको बीएबी ४४३१ नम्बरको कारबाट उक्त परिमाणको गाँजा आज बिहान बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते ९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको भैंसे चेकपोस्टमा जाँच गर्दा बीएबी ४४३१ नम्बरको कारबाट ११७ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
  • भिमफेदी गाउँपालिका-२ भैंसेमा आज बिहान १:४० बजे गरिएको जाँचका क्रममा चालक कार छाडेर फरार भएको प्रहरीले जनाएको छ।
  • प्रहरीले बरामद गाँजा र कार नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

३ मंसिर, काठमाडौं । मकवानपुरको भैंसेबाट ११७ किलोग्राम गाँजा बरामद भएको छ ।

पालुङबाट भैंसे तर्फ जाँदै गरेको बीएबी ४४३१ नम्बरको कारबाट उक्त परिमाणको गाँजा आज बिहान बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान १:४० बजेको समयमा भिमफेदी गाउँपालिका-२ भैसे स्थित भैसे चेकपोस्टमा खटिएको टोलीले उक्त कारमा जाँच गरेको थियो ।

कार रोकेर कारको जाँच गर्न थाले पछि पहिचान नखुलेका कार चालकले केही छैन भन्दै फरार भएको प्रहरीले जनाएको छ ।

जाँचको क्रमममा कारको पछाडिको डिकी खोली हेर्दा साना ठूला गरी ९ वटा पोकामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद भएको गाँजा र कारलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?