+
+
Shares

दिया मिर्जाले किन गरिन् नवाजुद्दिन सिद्दिकीको आलोचना ?

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते ११:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिया मिर्जाले इन्स्टाग्राममा नवाजुद्दिन सिद्दिकीसँग काम गर्न दुःस्वप्नजस्तै भएको भन्दै उनको व्यवहार र काम गर्ने शैलीमाथि प्रश्न उठाइन्।

अभिनेत्री दिया मिर्जाले अभिनेता नवाजुद्दिन सिद्दिकीलाई लिएर सामाजिक सञ्जालमा गरेको एउटा पोस्टले बलिउडमा चर्चा पाएको छ । उनले इन्स्टाग्राममा नवाजुद्दिनको व्यवहार र काम गर्ने शैलीमाथि प्रश्न उठाउँदै उनीसँग काम गर्न निकै कठिन भएको टिप्पणी गरेकी छिन् ।

दियाले आफ्नो पोस्टमा लेखेकी छिन्, ‘उनीसँग काम गर्नु एउटा दुःस्वप्नजस्तै छ । न बोल्ने ढंग छ, न व्यवहार राम्रो छ । उनको घमण्ड त झन् छुट्टै तहको छ । उनको चरित्र पूरै आपत्तिजनक छ ।’

उनको यो टिप्पणी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । कतिपयले दुई कलाकारबीच के भएको हो भन्दै आश्चर्य व्यक्त गरेका छन् भने केहीले दियाको भनाइमा सत्यता हुन सक्ने अनुमान गरेका छन् ।

तर, सबैले दियाको टिप्पणीलाई गम्भीर रूपमा लिएका छैनन् । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले यो कुनै नयाँ फिल्म, विज्ञापन वा संयुक्त परियोजनाको प्रचार अभियान हुन सक्ने आशंका गरेका छन् ।

दियाले अहिलेसम्म आफ्नो पोस्टबारे थप स्पष्टीकरण दिएकी छैनन् । उनले नवाजुद्दिनसँग काम गर्दाको वास्तविक अनुभव सार्वजनिक गरेकी हुन् वा कुनै नयाँ परियोजनाको संकेत गरेकी हुन् भन्ने स्पष्ट भएको छैन ।

त्यसैले दियाको यो टिप्पणी वास्तविक आलोचना हो वा योजनाबद्ध प्रचार रणनीति भन्ने विषयमा अहिले पनि चर्चा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?