+

एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

२०८३ मंसिर  ३ गते ११:५६ २०८३ मंसिर ३ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ।
  • राखेप कार्यकारी समितिले मंसिर ३ मा गरेको निर्णयअनुसार एन्फामाथि यसअघि लगाइएका सबै निलम्बन र प्रतिबन्ध हटाइएको हो।
  • एन्फाले चैत २३ मा निलम्बन फुकुवाका लागि अनुरोध गरेको थियो भने निर्णयबारे प्रधानमन्त्री कार्यालय, मन्त्रालय, फिफा र एएफसीलाई जानकारी गराइएको छ।

३ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ।

राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षर भएको पत्र बिहीबार एन्फालाई पठाइएको छ जहाँ निलम्बन तथा प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको जानकारी दिइएको छ।

राखेपको कार्यकारी समितिले नोभेम्बर १९ (मंसिर ३) मा गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन र प्रतिबन्ध हटाइएको पत्रमा उल्लेख छ। प्रशासनिक र आर्थिक प्रतिबन्धसमेत पत्र जारी भएको मितिदेखि लागू हुने गरी फुकुवा गरिएको हो।

एन्फाले गत अप्रिल ५ (चैत २३) मा पत्रमार्फत निलम्बन फुकुवाका लागि राखेपसमक्ष अनुरोध गरेको थियो।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ अनुसार निलम्बन फुकुवा गर्ने निर्णय गरिएको राखेपले जनाएको छ।

निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, मन्त्रीको सचिवालय तथा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत जानकारी गराइएको छ।

एन्फा निलम्बन एन्फा-राखेप विवाद राखेप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय