+
+
Shares

आधारभूत तहका प्रहरीका गुनासो सम्बोधन गर्न एसपीको कमाण्डमा बनाइयो टोली

नेपाल प्रहरीको आधारभूत तह (प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्म)का कर्मचारीको गुनासो सुन्न र सम्बोधन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले टोली नै गठन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १२:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीको आधारभूत तहका कर्मचारीका गुनासो सुन्न र सम्बोधन गर्न प्रधान कार्यालयले एसपी गोविन्द पुरीको नेतृत्वमा ८ सदस्यीय टोली गठन गरेको छ।
  • महानिरीक्षक डा. मनोज कुमार केसीले टोलीलाई जिम्मेवारी तोकिएको पत्र दिएका छन्।
  • टोलीलाई प्रहरी कर्मचारीका पिरमर्का लिपिबद्ध गरी सम्बन्धित कार्यालयसँग समन्वय गरेर समयमै सम्बोधन गर्ने जिम्मेवारी दिइएको छ。

३ मंसिर, काठमाडौं । नेपाल प्रहरीको आधारभूत तह (प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्म)का कर्मचारीको गुनासो सुन्न र सम्बोधन गर्न भन्दै प्रहरी प्रधान कार्यालयले टोली नै गठन गरेको छ ।

अपराध अनुसन्धान विभागका एसपी गोविन्द पुरीको नेतृत्वमा ८ सदस्यीय टोली गठन भएको छ । प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले हस्ताक्षर गर्दै उनीहरुलाई जिम्मेवारी तोकिएको पत्र समेत दिएका छन् ।

जसमा एसपी पुरीसँगै कार्य विभागका डीएसपी कृष्णराज ओझा, कर्मचारी प्रशासन शाखाका इन्स्पेक्टर प्रकाश थापा, सुरक्षा सेवा व्यवस्था महाशाखाका इन्स्पेक्टर सञ्जिता श्रेष्ठ, कल्याण महाशाखाका बरिष्ठ सई शान्ता लक्ष्मी बलामी, अपराध अनुसन्धान विभागका सई धर्मी यादव, सञ्चार निर्देशनालयका असई हरिबहादुर देउजा र विशेष कार्यदलका जवान बिष्णु घिमिरे छन् ।

उनीहरुलाई आधारभूत तहका प्रहरी कर्मचाारीको पिरमर्का, गुनासो सुन्ने, लिपिबद्ध गर्ने र प्राप्त गुनासोलाई समयमै सम्बन्धीत कार्यालयहरुसँग आवश्यक समन्वय गरी सम्बोधन तथा व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?