+
+
Shares

चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते ७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एकदेखि दुई वर्षसम्म कालोसूचीमा राखेको छ।
  • जाजरकोटको मालिका बस्नेत निर्माण सेवा र कञ्चनपुरको पञ्चकोटी निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।
  • बाँकेको आदित्य सप्लायर्स र काठमाडौंको उज्यालो निर्माण सेवा प्रालिलाई पनि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

४ मंसिर, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा उनीहरूलाई एकदेखि दुई वर्षसम्म कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

कालोसूचीमा पर्नेमा जाजरकोटको मालिका बस्नेत निर्माण सेवा, कञ्चनपुरको पञ्चकोटी निर्माण सेवा, बाँकेको आदित्य सप्लायर्स र काठमाडौंको उज्यालो निर्माण सेवा प्रालि रहेका छन् ।

कार्यालयका अनुसार सडक डिभिजन चौरजहारी, रुकुम पश्चिमको सिफारिसमा मालिका बस्नेत निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त निर्माण सेवाका मुख्य व्यक्ति शान्तबहादुर बस्नेत हुन् ।

त्यस्तै, सडक डिभिजन महेन्द्रनगर, कञ्चनपुरको सिफारिसमा पञ्चकोटी निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त कम्पनीका मुख्य व्यक्ति हरिस सिंह बुढाल हुन् ।

तेह्रथुमस्थित लालीगुराँस नगरपालिकाको सिफारिसमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० मा रहेको आदित्य सप्लायर्सलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त सप्लायर्सकी मुख्य व्यक्ति लिला देवी शाह हुन् ।

यसैगरी, नेपाल कृषि अनुसन्धान परिषद्को सिफारिसमा काठमाडौं महानगरपालिका–३५, सुविधानगरस्थित उज्यालो निर्माण सेवा प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त कम्पनीका मुख्य व्यक्ति सुरेश पण्डित हुन् ।

कार्यालयले कालोसूचीमा राखिएका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने जनाएको छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?